अनमोलले फिल्म ‘रावायण’का निर्मातालाई फिर्ता गरे १० लाखसोमबार, असोज १५, २०८०

दसैँ गीतका पर्याय विष्णु खत्री सोमबार, असोज १५, २०८० वि.सं.२०६४ को दसैँ ताका लोकगायक विष्णु खत्रीले ल्याएको गीत हो, यो । जुन गीत उबेला खुबै चर्चित बन्यो । धेरैले रुचाए पनि । खत्री त्यत्तिमा मात्र रोकिएनन् । त्यसयता सालिन्दा दसैँको छेकोमा उस्तै विषय र भावभूमिमा उनका गीत आउन थाले । कतिले त ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ’...

मदन पुरस्कार— २०७९ ऐँठन र जगदम्बा–श्री टेकवीर मुखियालाई आइतबार, असोज १४, २०८० मदन पुरस्कार गुठीले वि.सं.२०७९ सालको मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई दिने निर्णय गरेको छ ।

२४ विधामा लोकदोहोरी अवार्ड प्रदान गरिने सोमबार, असोज ८, २०८० राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८० को आयोजना गरेको छ ।सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उपत्यका समन्वय समितिले कार्यक्रम आयोजनाबारे जानकारी गराएको हो ।कार्यक्रम आगामी असोज ११ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । उक्त अवार्ड २४ वटा विधामा वितरण...

दमकमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै आइतबार, असोज ७, २०८० दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो ।

नेपाली सेनाको योगदान झल्काउने गीत सार्वजनिक मंगलबार, असोज २, २०८० नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठकाे ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ गीत (म्युजिक भिडिओ) सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा सो गीत विमोचन गरे ।

राष्ट्रकविका स्मृतिमा अक्षयकोष स्थापना मंगलबार, असोज २, २०८० मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका स्मृतिमा उनकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाखको अक्षयकोष स्थापना गरेकी हुन् । प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।

अस्करमा नेपालबाट चलचित्र ‘हल्कारा’ सोमबार, असोज १, २०८० नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट सोमबार बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समिति सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।

नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउन तनहुँमा प्रतियोगिता सोमबार, असोज १, २०८० कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता आयोजना गरिएको छ । नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा कौरा नाच प्रतियोगिता आयोजना गरिएको हो ।

तीजका गीतमा पहिले सासु बुहारीका वेदना, अहिले वैदेशिक रोजगारीका पीडा सोमबार, असोज १, २०८० ‘एउटा छोरा एउटा छोरी सानो सुखी परिवारपकाउनै मन लाग्दैन मिठो परिकार’धेरै घरपरिवारमा सबै सदस्य नहुँदा चाडपर्व पहिलेजस्तो रमाइलो नभएको महिलाहरुको अनुभव छ ।चितवनको रत्ननगर नगरपालिका–८ की सीता पौडेल दिदी बहिनीहरु विदेश हुँदा पहिलेजस्तो रमाइलो हुन छाडेको बताउँछिन् ।

दीपक–दीपाको ‘आईएनआई सिनेमा हल’ सञ्चालनमा शुक्रबार, भदौ २९, २०८० कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको आईएनआई सिनेमा हल शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो ।

‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा शुक्रबार, भदौ २९, २०८० शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् ।

चलचित्र ‘एक भगवत् गीता’ को विवाद मिल्यो, के भयो सहमति? सोमबार, भदौ २५, २०८० आइतबार चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दु महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दु युवा सङ्घ, जगतगुरु आश्रम लगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको छ ।