News Griha :: न्यूजगृह
नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउन तनहुँमा प्रतियोगिता

तनहुँ— कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता आयोजना गरिएको छ । नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा कौरा नाच प्रतियोगिता आयोजना गरिएको हो ।

डुम्रे सांस्कृतिक एवम् सामाजिक संरक्षण समितिको आयोजनामा भएको प्रतियोगितामा ऋषिङ गाउँपालिका–१ स्थित झापुटार युवा क्लब प्रथम भएको छ । प्रतियोगितामा बन्दीपुरको छपेली युवा क्लब द्वितीय र बन्दीपुरकै कोरिखा युवा क्लब तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार पाँच सय ५५, सात हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पाँच वटा समूहको सहभागिता थियो ।

संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित कौरा नृत्य प्रतियोगिता आयोजना गरिएको समितिका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘कौरा नृत्य तनहुँको चिनारी हो । यसको संरक्षण गर्दै अहिलेको पुस्तालाई यसमा आकर्षित गराउनु कार्यक्रमको मुख्य उद्देश्य थियो ।’

विजयीलाई पुरस्कृत गर्दै वरिष्ठ लोक गायक प्रेमराजा महतले संस्कार र संस्कृति जोगाउनु सबैको कर्तव्य भएको बताए  ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:३७
Weather Update