News Griha :: न्यूजगृह
आईपीएलमा चार रनले कोलकाताको रोमाञ्चक जित
आईपीएलमा चार रनले कोलकाताको रोमाञ्चक जित आईपीएलमा कोलकाता नाइट राइडर्सले ४ रनको रोमाञ्चक जित निकालेको छ। शनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको हो। कोलकाताले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा २०८ रन बनाएको थियो। जवाफमा हैदरावादले ७ विकेट गुमाएर २०४ रनमात्रै बनाउन सक्यो।
आईपीएलमा चेन्नईको विजयी सुरूवात, बैङ्लोर ६ विकेटले पराजित
आईपीएलमा चेन्नईको विजयी सुरूवात, बैङ्लोर ६ विकेटले पराजित आईपीएलमा चेन्नई सुपर किंग्सले विजयी सुरूवात गरेको छ। शुक्रबारको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई विजयी भएको हो।
बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलियन स्टार खेलाडी रोबिन्हो पक्राउ, ९ वर्ष जेल जीवन बिताउने 
बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलियन स्टार खेलाडी रोबिन्हो पक्राउ, ९ वर्ष जेल जीवन बिताउने  बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलियन स्टार खेलाडी रोबिन्हो पक्राउ परेका छन्।४० वर्षीय रोबिन्होलाई ब्राजिलको सान्तोषस्थित घरबाट पक्राउ गरिएको हो। ब्राजिल र बार्सिलोनाका चर्चित फुटबलर ड्यानी अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्षको कैद सजाय भएलगत्तै त्यस्तै मुद्दामा रोबिन्हो दोषी ठहर भएका हुन्।
विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित
विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ। आज बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो।
आईपीएल आजदेखि, उद्घाटन खेल चेन्नई र बैङ्ग्लोरबीच
आईपीएल आजदेखि, उद्घाटन खेल चेन्नई र बैङ्ग्लोरबीच इन्डियन प्रिमियर लिग आईपीएल आजदेखि सुरु हुँदैछ। आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैङ्ग्लोर आमनेसामने हुनेछन्। खेल आज राति सवा आठ बजे सुरु हुनेछ। 
आईपीएल शुक्रबारदेखि, उद्घाटन खेलमा चेन्नई र बैङ्ग्लोर भिड्ने
आईपीएल शुक्रबारदेखि, उद्घाटन खेलमा चेन्नई र बैङ्ग्लोर भिड्ने विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग आईपीएल शुक्रबारदेखि सुरु हुँदै छ। आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैङ्ग्लोर आमनेसामने हुनेछन्।प्रतियोगिता सुरु हुनुभन्दा अगाडि चेन्नईले सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको विकल्प खोजेको छ। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका धोनी फ्रेन्चाइज क्रिकेट आईपीएल भने...
विश्वकप छनोटका लागि नेपाल र बहराइन भिड्ने
विश्वकप छनोटका लागि नेपाल र बहराइन भिड्ने फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ ।    बहराइनको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि होम एण्ड अवेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो ।
इण्डो–नेपाल टी २० च्याम्पियनसीप आजदेखि 
इण्डो–नेपाल टी २० च्याम्पियनसीप आजदेखि  इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता आजदेखि चितवनमा सुरु हुँदैछ। भरतपुरमा कूटनीतिक सम्बन्ध र पर्यटन सम्भावना प्रवद्र्धन गर्न आयोजित इन्डो नेपाल टी–२० च्याम्पियनसीप गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप...
आईसीसी अध्यक्ष बार्कलीले भने- नेपाली क्रिकेटलाई सघाउँछौं
आईसीसी अध्यक्ष बार्कलीले भने- नेपाली क्रिकेटलाई सघाउँछौं आईसीसी अध्यक्ष ग्रेग बार्कलीले आफ्नो नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको बताएका छन्।काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै बार्कलीले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद रहेको बताए।
आईसीसीका अध्यक्षसँग प्रधानमन्त्री प्रचण्डले भने– नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा पनि महत्त्व पाउँदैछ
आईसीसीका अध्यक्षसँग प्रधानमन्त्री प्रचण्डले भने– नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा पनि महत्त्व पाउँदैछ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेज बार्क्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन्। नेपाल भ्रमणमा रहेका आईसीसीका अध्यक्ष  बार्क्लेले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको भ्रमणले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय...
नेपाली क्रिकेट टोलीको घोषणा, को-को परे टोलीमा?
नेपाली क्रिकेट टोलीको घोषणा, को-को परे टोलीमा? क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको  घोषणा गरेको हो। छनोट हुने नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द...
खेलकुद मन्त्री भन्छन्— अवसर र चुनौती सँगै आउने रहेछन्, नीतिभित्र बसेर काम गर्छु
खेलकुद मन्त्री भन्छन्— अवसर र चुनौती सँगै आउने रहेछन्, नीतिभित्र बसेर काम गर्छु खेलकुद मन्त्रीले भने, ‘अवसर र चुनौती भन्ने कुरा सँगसँगै हुने रहेछ, यसमा काम गर्दै जाँदा कति नीतिगत कुराहरु बुझेर खाडलहरु पुर्नुपर्ने छ, यसको साथै बेतिथिको कमी छैन। तर, केही प्रयासहरु गर्ने हो भने परिवर्तनहरु आउने रहेछ। यही नीतिभित्र बसेर गर्न सक्ने कामबाट सुरुवात गरेको छु।’
Weather Update