News Griha :: न्यूजगृह
इण्डो–नेपाल टी २० च्याम्पियनसीप आजदेखि 

चितवन— इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता आजदेखि चितवनमा सुरु हुँदैछ। 

भरतपुरमा कूटनीतिक सम्बन्ध र पर्यटन सम्भावना प्रवद्र्धन गर्न आयोजित इन्डो नेपाल टी–२० च्याम्पियनसीप गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा सञ्चालन हुनेछ। 

प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको रोमाञ्चक खेल हुनेछ। 

प्रतियोगिताको अघिललो दिन हिजो  विजेताले पाउने ट्रफी अनावरण गरिएको छ।

पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी अनावरण गरे ।

चितवनको क्रिकेटलाई यो प्रतियोगिताले थप उचाई पुर्‍याउने विश्वास गरिएको छ। ठाकुरले पछिल्लो समय चितवनमा धेरै प्रतियोगिता हुन थालेको भन्दै अब ठूला प्रतियोगिताको आवश्यकता महसुस भइरहेको बेला इण्डो नेपाल प्रतियोगिता गर्न पाउँदा आफैमा खुशीको कुरा भएको बताए।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:२४
Weather Update