News Griha :: न्यूजगृह
कबड्डी टोली बंगलादेश प्रस्थान 
कबड्डी टोली बंगलादेश प्रस्थान  चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ।
विश्वकपका लागि क्यानको प्रारम्भिक टोलीमा को–को परे? 
विश्वकपका लागि क्यानको प्रारम्भिक टोलीमा को–को परे?  नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटको लागि प्रारम्भिक टिम घोषणा गरेको छ।क्यानले बिहीबार २८ खेलाडी सहभागी प्रारम्भिक टोली घोषणा गरेको हो। प्रारम्भिक टोलीमा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र उनीहरुलाई क्लोज क्याम्पबाट छनोट पश्चात् अन्तिम टोलीमा पुर्याइने क्यानले जनाएको छ।
नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने !
नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने ! साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको सुरुवात पनि गर्न नसक्ने भएका छन्।नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबर देखि मैदान बाहिर रहेका छन्। उनी २०२३ को अगस्टमा पीएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए।
युरोपा लिग: लेभरकुसेनलाई स्तब्ध बनाउँदै एटलान्टा च्याम्पियन
युरोपा लिग: लेभरकुसेनलाई स्तब्ध बनाउँदै एटलान्टा च्याम्पियन यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ। डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो। अभिभा स्टेडियम डब्लिन आयरल्याण्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे। उनले पहिलो हाफमा दुई र...
राजस्थानसँग पराजित हुँदै आरसीबी आईपीएलबाट बाहिरियो
राजस्थानसँग पराजित हुँदै आरसीबी आईपीएलबाट बाहिरियो त्यसअघि टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो। आरसीबीका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो। यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए।
क्यानभित्रको राजनीतिले कोपभाजनमा परे सन्दीप
क्यानभित्रको राजनीतिले कोपभाजनमा परे सन्दीप नेपाली टिममा सन्दीप मात्रै खेलाडी छैनन्। अरु खेलाडीलाई अपमान गर्न खोजिएको पनि होइन। तर विश्वकपमा सन्दीपको अभाव नेपाली क्रिकेट टिमलाई खड्किने पक्का छ। आसन्न टी२० विश्वकप अहिले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणलाई बिर्साउने गरी मानव तस्कर हुन लागेको समाचार सञ्चारमाध्यममा आइसकेका छन् भने केही पदाधिकारी र सदस्यहरूका श्रीमती, भाइ र छोराछोरीको...
सन्दीपलाई अमेरिकाले दिएन भिसा 
सन्दीपलाई अमेरिकाले दिएन भिसा  क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ। बुधबार अपरान्ह लामिछानेले आफूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका हुन्। गत जेठ २ गते उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगैनेपाल क्रिकेट संघ (क्यान)ले  विश्वकप खेल्न पठाउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेकोमा अमेरिकाले भिसा दिन...
हैदराबादमाथि सहज जित निकाल्दै कोलकाता फाइनलमा
हैदराबादमाथि सहज जित निकाल्दै कोलकाता फाइनलमा सनराईजर्स हैदराबाद माथि शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।गएराति भएको पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो। हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै २ विकेट...
सन्दीपलाई अमेरिका पठाउँदै क्यान, अगाडि बढायो भिसा प्रक्रिया
सन्दीपलाई अमेरिका पठाउँदै क्यान, अगाडि बढायो भिसा प्रक्रिया बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट गत बुधबार सफाइ पाएका थिए। यससँगै उनले विश्वकप खेल्ने बाटो खुलेको छ।सन्दीपले किर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास गरिरहेका छन्। उनलाई विनोद भण्डारीलगायत अन्य खेलाडीले साथ दिएका थिए।  
टोनी क्रूजले युरोकपपछि सन्यास लिने
टोनी क्रूजले युरोकपपछि सन्यास लिने जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन्। क्रूजले एक सन्देशमा आफूले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन्।रियल म्याड्रिड आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै ३४ वर्षीय क्रूजले फुटबलबाट सन्यास लिने बताएका हुन्।
राखेपको मिसन २०२६ का लागि ५ खेल थपियो
राखेपको मिसन २०२६ का लागि ५ खेल थपियो राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ।मिसन– २०२६ अन्तर्गत दोश्रो चरणमा ५ खेल थप गरिएको हो। पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए। 
Weather Update