News Griha :: न्यूजगृह
मानेले रोजे अल नासर क्लब,रोनाल्डोसँगै खेल्ने
मानेले रोजे अल नासर क्लब,रोनाल्डोसँगै खेल्ने फुटबलर साडियो मानेले साउदी अरबको अल नासर क्लब रोजेका छन् ।
सन्दीप आबद्ध सर्रे प्लेअफमा
सन्दीप आबद्ध सर्रे प्लेअफमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी–ट्वान्टी क्यानडाको प्लेअफमा पुगेको छ ।
महिला विश्वकपमा आज चार खेल हुने
महिला विश्वकपमा आज चार खेल हुने
टी–२० विश्वकपमा १५ टिम छनोट 
टी–२० विश्वकपमा १५ टिम छनोट  अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण बंगलादेश, अफ्रिका, न्युजिल्याण्ड, स्कटल्याण्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, आयरल्याण्ड, नेदरल्याण्ड्स र पपुवा न्युगिनी सहितका १५ टिमले विश्वकपमा स्थान बनाइसकेका छन् ।विश्वकपमा छनोट हुने ५ टोलीको भने टुंगो लाग्न बाँकी छ ।
डुरान्ड कप खेल्न आर्मीको टोली भारततर्फ 
डुरान्ड कप खेल्न आर्मीको टोली भारततर्फ  फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत शनिबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ ।
स्कटल्याण्ड र आयरल्याण्डले बनाए टी—२० विश्वकपमा स्थान
स्कटल्याण्ड र आयरल्याण्डले बनाए टी—२० विश्वकपमा स्थान घरेलु टोली स्कटल्याण्डले उपाधि जितेको छ । आईसीसी टी–२० विश्वकप युरोप क्षेत्र छनोटको अन्तिम खेलमा टेस्ट  राष्ट्र आयरल्याण्डलाई ८ रनले हराउँदै स्कटल्याण्डले उपाधि जितेको हो ।
१९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, को-को परे टोलीमा?
१९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, को-को परे टोलीमा? टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको सो टोलीमा तीव्र गतिका बलर अविनाश बोहरा, विकेट किपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि पुनरागमन गरेका छन् । टी–२० फर्म्याटमा हुने खेलमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टोलीमा...
तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टिम
तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टिम एसिया कपको तयारीमा श्रीलङ्कामा रहेको नेपाली क्रिकेटले आज (शुक्रबार) दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान १० बजे श्रीलङ्काको पि सारा ओभल मैदानमा खेल्नेछन् ।
विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने
विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ । 
विश्वकपका लागि एसियाली छनोट खेल आज हुँदै
विश्वकपका लागि एसियाली छनोट खेल आज हुँदै दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कुल ३६ टोलीलाई ४/४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै तेस्रो चरणमा खेल्नेछन् ।
श्रीलंकाली क्लबसँग नेपाल ६ विकेटले पराजित
श्रीलंकाली क्लबसँग नेपाल ६ विकेटले पराजित श्रीलंकामा एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले बुधबार पहिलो अभ्यास खेलमा  श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भएको छ ।
विश्व पौडी च्याम्पियनसिप : गौरिका सिंहले राखिन अर्को नयाँ राष्ट्रिय कीर्तिमान
विश्व पौडी च्याम्पियनसिप : गौरिका सिंहले राखिन अर्को नयाँ राष्ट्रिय कीर्तिमान बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा भारतको गुवाहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यस अघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन् । 
Weather Update