News Griha :: न्यूजगृह
श्रीलंकाली क्लबसँग नेपाल ६ विकेटले पराजित

काठमाडौं— श्रीलंकामा एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले बुधबार पहिलो अभ्यास खेलमा  श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भएको छ ।

खेलमा सोमपाल कामीले कप्तानी सम्हालेका थिए । नेपालले  ब्लूमफिल्डकै मैदानमा टस जितेर ब्याटिङ रोजेको थियो । टस जितेर ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १९७ रन बनाउँदै अलआउट भएको हो ।

नेपालले दिएको १९८ रनको लक्ष्य ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालले दोस्रो अभ्यास खेल शुक्रबार तमिल युनियनसँग खेल्ने छ ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:४१
Weather Update