News Griha :: न्यूजगृह
१९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, को-को परे टोलीमा?

काठमाडौं— चीनको हाङ्झाउमा हुने १९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। 

टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको सो टोलीमा तीव्र गतिका बलर अविनाश बोहरा, विकेट किपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि पुनरागमन गरेका छन् । 

टी–२० फर्म्याटमा हुने खेलमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टोलीमा अटाउन सकेनन् । नेपालले तीव्र गतिका बलरमा सोमपाल, करण, गुलशन झा र प्रतिश जिसीलाई बोलाएको छ। 

नेपाली टोलीका सदस्य : 

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अविनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेट किपर)।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १७:०७
Weather Update