महिला विश्वकपमा आज चार खेल हुने

काठमाडौं— फिफा महिला विश्वकप फुटबलमा आज मंगलबार चार वटा खेल हुँदै छन् । आज समूह डी र ईका समूह चरणका खेल हुने छन् ।
समूह ई का खेलहरु नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ । यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स एक आपरमा भिड्ने छन् ।
आजै समूह डीका खेलहरु पौने ४ बजे सुरु हुनेछ । चीन र इंग्ल्याण्ड तथा हाइटी र डेनमार्क भिड्ने छन् । महिला विश्वकप आगामी अगस्ट २० सम्म सञ्चालन हुनेछ महिला विश्वकपमा ३२ टोली सहभागी छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० ०८:०२