News Griha :: न्यूजगृह
फिफा महिला विश्वकप फुटबलमा समूह चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं—  फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समूह एचका अन्तिम खेल हुन लागेका हुन् ।

समूह एचमा कोलम्बिया र मोरक्को भिड्दा जर्मनी र दक्षिण कोरिया आमने सामने हुनेछन् । दुवै खेल अष्ट्रेलियामा दिउँसो पौने ४ बजे हुनेछन् ।

आजको खेलले समूह चरणबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ ।

यो समूहबाट दक्षिण कोरिया अंकविहीन हुँदै समूह चरणबाट बाहिरिसकेको छ । कोलम्बिया ६ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी दुई खेलबाट ३ अंकसहित दोस्रोमा छ । यस्तै मोरक्को पनि ३ अंकसहित तेस्रो स्थानमा छ ।

बुधबार भएका खेलमा अर्जेन्टिना, ब्राजिल र इटाली समूह चरणबाटै बाहिरिएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०९:४४
Weather Update