
काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल मंगलबार, जेठ ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताएका छन् ।

सुत्केरीको उद्धारका लागि हेलिकप्टर मंगलबार, जेठ ९, २०८० दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ ।

चार पात्रो स्वीकृतिबिना प्रकाशन मंगलबार, जेठ ९, २०८० नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना मंगलबार, जेठ ९, २०८० काठमाडौं महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहरमैला हटाएको छ ।

काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता मंगलबार, जेठ ९, २०८० मुलुकको सङ्घीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

इजाजत नलिइ नापतौल यन्त्र प्रयोग गर्नेविरुद्ध मुद्दा दायर मंगलबार, जेठ ९, २०८० गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले इजाजत नलिइ नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

साईपाल गाउँपालिका क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको छैन : अध्यक्ष बोहरा मंगलबार, जेठ ९, २०८० बझाङको काँडामा अवस्थित साईपाल गाउँपालिकाले गाउँपालिकाको माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको भनि विभिन्न सञ्चारमाध्यममा प्रसारित तथा प्रकाशित समाचारको खण्डन गरेको छ ।

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु मंगलबार, जेठ ९, २०८० पोखरामा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

पर्सामा मिटरब्याजीसम्बन्धी झन्डै एक हजार उजुरी मंगलबार, जेठ ९, २०८० जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।

बालेन भन्छन्– देश युवा बेच्दैछ मंगलबार, जेठ ९, २०८० काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले देशले युवा बेचिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत बालेनले देशले युवा बेचिरहेको बताएका हुन् ।

गणेश भगवानको दर्शन गरी राशिफल हेर्नुहोस् मंगलबार, जेठ ९, २०८०

दाङस्थित बङ्लाचुलीको खाडागाउँ सोमबार, जेठ ८, २०८०