बालेन भन्छन्– देश युवा बेच्दैछ

काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले देशले युवा बेचिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत बालेनले देशले युवा बेचिरहेको बताएका हुन् ।
उनले ठूला दलका शीर्षस्थ नेताहरूलाई गाली गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा संसारकै विद्वान भएको देशको इतिहास लेख्दैछन् भन्ने उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘देश युवा बेच्दै छ, युवा, देश बलेको आगो सेक्दै छ, हामी ताप्दैछौँ,ओली, प्रचण्ड, देउवा, संसारकै विद्वान भएको देशको इतिहास लेख्दै छन् । र,हामी चेत्दैनौँ ।’
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० ०६:०१