News Griha :: न्यूजगृह
झन्डै १ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ
झन्डै १ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १ किलो सुनसहित १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्माले जानकारी दिए। 
१० महिनादेखि भन्सारकै गोदाममा थन्कियो रासायनिक मल
१० महिनादेखि भन्सारकै गोदाममा थन्कियो रासायनिक मल चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको छ।कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको...
यसरी कालापत्थर बन्दैछन् हिमाल [तस्बिरहरू]
यसरी कालापत्थर बन्दैछन् हिमाल [तस्बिरहरू] सोलुखुम्बु भन्ने बित्तिकै सबैको मनमा आउने शव्द हो, हिउँले ढाकी रहने अनि चिसो जिल्ला । तर हिमाली जिल्ला भएपनि केही बर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले बिर्सन थालेका छन्। जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूर्ण रुपमा परिसकेको छ। हिउँले छोपी रहने हिमाल कालापत्थरमा परिणत भएको देखिन थालेको छ।...
बाजुरामा वर्षासँगै हिमपात
बाजुरामा वर्षासँगै हिमपात ६ महिनापछि बाजुराको माथिल्लो भेगमा  वर्षासँगै हिमपात भएको छ। लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान खुसी भएका छन्। पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ। यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो।
काठमाडौंभित्रै व्यवस्थापन हुँदैछ फोहोर, टेकुमा १४ हजार केजी कम्पोष्टिङ गरियो
काठमाडौंभित्रै व्यवस्थापन हुँदैछ फोहोर, टेकुमा १४ हजार केजी कम्पोष्टिङ गरियो काठमाडौं महानगरपालिकाले वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ। फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन गर्न थालिएको छ। ढुवानी र व्यवस्थापन पनि छुट्टा-छुट्टैरुपमा गर्ने गरिएको छ। घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी...
आज तराईंका केही क्षेत्रमा हुस्सु, पहाडी तथा हिमाली भागको मौसम सफा रहने
आज तराईंका केही क्षेत्रमा हुस्सु, पहाडी तथा हिमाली भागको मौसम सफा रहने आज बिहानैदेखि तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। केही क्षेत्रमा हल्का तथा केही क्षेत्रमा बाक्लो लागेको हुस्सुले प्रभावित बनाएको छ। त्यस्तै आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...
रौतहटमा उत्पन्न भएको विवाद समाधान उन्मुख, सरस्वतीको मूर्ति विसर्जन गरियो
रौतहटमा उत्पन्न भएको विवाद समाधान उन्मुख, सरस्वतीको मूर्ति विसर्जन गरियो रौतहटमा सरस्वतीको मूर्ति विसर्जनको विषयमा उत्पन्न भएको विवाद वार्तामार्फत समाधान भएको छ। वार्तामा सहमति जुटेपछि ईशनाथ नगरपालिका–५ मा गत २ दिनदेखि बाटोमै राखिएको सरस्वती माताको मूर्ति विसर्जन गरिएको छ। जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बिहान भएको सर्वपक्षीय एवम् सर्वदलीय बैठकमा भएको सहमतिपछि सरस्वती माताको मूर्ति विर्सजन गरिएको हो।
रौतहटमा उत्पन्न विवादले वीरगञ्जमा कर्फ्यू आदेश जारी
रौतहटमा उत्पन्न विवादले वीरगञ्जमा कर्फ्यू आदेश जारी पर्सा प्रशासनले जिल्ला सदरमुकाम वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ। रौतहटमा उत्पन्न भएको विवादले वीरगञ्जमा समेत शान्ति भंग हुने स्थिति देखिएपछि कर्फ्यू आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्। 
५४२ किलो गाँजासहित चितवनबाट २ जना पक्राउ
५४२ किलो गाँजासहित चितवनबाट २ जना पक्राउ भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले सोमबार बिहान ८ बजेतिर राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटे गाउपालिका–३ का ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का २५ वर्षीय खुसीराम थारु रहेका छन्। 
फरक विश्व परिकल्पनासहित भएको कार्यक्रम नै अस्तव्यस्त !
फरक विश्व परिकल्पनासहित भएको कार्यक्रम नै अस्तव्यस्त ! विश्वलाई नयाँ सोचसहितको दिशा बोध गराउने लक्ष्यसहित जारी सम्मेलनका उपलब्धी अनुकरणीय नै भए पनि व्यवस्थापकीय चुस्तता नहुँदा नेपालमा आयोजना गरिएको विश्व सम्मेलनले दिने सन्देश नकारात्मक हुने टिप्पणी आयोजक भित्र नै उठ्न थालेको छ। 
अपडेट: तनहुँ दुर्घटनाका मृतकको पहिचान खुल्यो
अपडेट: तनहुँ दुर्घटनाका मृतकको पहिचान खुल्यो आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ।  
Weather Update