भारतमा विवाहबाट फर्किरहेका ९ जनाको सडक दुर्घटनामा मृत्यु आइतबार, वैशाख ९, २०८१
अमेरिकी अदालत अगाडि एक व्यक्तिले आफैमाथि आगो लगाएपछि... आइतबार, वैशाख ९, २०८१ अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्।आगो लगाउने व्यक्तिको नाम म्याक्सवेल अजरेलो हो। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।...
बेलायतले १५० अघि लुटेका सुनका कलाकृति घानाले लग्यो फिर्ता आइतबार, वैशाख ९, २०८१ बेलायतले १५० वर्षपछि लोनमा लुटेका घानाका कलाकृति फिर्ता गरेको छ। युनाइटेड किंगडमले असान्ते किंगडम बाट १५० वर्ष भन्दा पहिले चोरी भएको ३२ वटा सुन र चाँदीका खजाना फिर्ता गरेको छ। ब्रिटिश सङ्ग्रहालयमा रहेका १५ वस्तुहरू र भिक्टोरिया र अल्बर्ट सङ्ग्रहालयमा रहेका १७ कलाकृतिहरू १९ औं शताब्दीमा असान्ते राजाको दरबारबाट लुटेका...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पत्नीको खानामा कसले मिलायो शौचालय सफा गर्ने केमिकल? आइतबार, वैशाख ९, २०८१ पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको मेडिकल जाँचको लागि अनुरोध स्वीकार गरेको छ।अदालतले दुई दिनभित्र पूर्व प्रथम महिलाको निजी अस्पतालमा एन्डोस्कोपी गर्न निर्देशन दिएको छ।
इरान समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका शनिबार, वैशाख ८, २०८१ इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमान्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ। काल्सो सैन्य बेस बगदाद देखि ५० किलोमिटर छ। सुरक्षा स्रोतले विस्फोटको कारण हवाई आक्रमण भएको बताएको छ। यस हमलामा एक १ लडाकुको मृत्यु भएको छ, जबकि ६ सैनिक घाइते भएका छन्,...
रुसले लगायो २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक शुक्रबार, वैशाख ७, २०८१ अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको छ। युक्रेनमा रुसको आक्रमणको निन्दा गर्नका लागि सक्रिय रूपमा आफ्नो मुलुकमा रुसविरोधी एजेन्डालाई बढावा दिइरहेका ती अस्ट्रेलियालीहरू नागरिक परिषद्का सदस्य भएको मस्कोले बताएको छ।
विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह शुक्रबार, वैशाख ७, २०८१ विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको छ।पाकिस्तानबारे जारी गरेको रिपोर्टमा बैंकले पाकिस्तानी सरकारलाई आर्थिक र सामाजिक सुधारका लागि तत्काल कर प्रणाली सुधार तथा बिक्री कर छुट हटाउन आवश्यक सल्लाह दिएको एआरवाई न्यूजको रिपोर्टले जनाएको छ।
भारतमा लोकसभा निर्वाचनका लागि मतदान हुँदै शुक्रबार, वैशाख ७, २०८१ भारतमा आज बिहानदेखि लोकसभा सदस्य पदका लागि मतदान भइरहेको छ। जम्मु र कश्मिरसहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको जनाइएको छ।
इरानमाथि इजरायलको जबाफी आक्रमण, युद्ध चर्किने डर शुक्रबार, वैशाख ७, २०८१ इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको छ। इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जबाफी आक्रमण गरेको हो।इरानी अधिकारीहरूले शुक्रबार बिहान मध्य इरानको इस्फाहान शहर नजिकैको सैन्य हवाई अड्डामा आक्रमण भएको पुष्टि गरेका छन्। तर कुन देशले आक्रमण गरेको...
क्यानडा: २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाई पक्राउ पुर्जी शुक्रबार, वैशाख ७, २०८१ पियर्सन इन्टरनेसनल एअरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ।क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेसनमार्फत ६ जनालाई पक्राउ गरिएको हो। अन्य तीनैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। फरार तीसहित ९ आरोपितलाई १९ वटा भन्दा बढी मुद्दा लगाइएको छ।
भारतमा आजदेखि लोकसभा चुनाव शुक्रबार, वैशाख ७, २०८१ भारतमा लोकसभा निर्वाचनअन्तर्गत शुक्रबार पहिलो चरणको मतदान हुँदैछ। सात चरणमा हुने मतदानको अन्तिम परिणाम भने आगामी जुन ४ मा आउनेछ। पहिलो चरणअन्तर्गत २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ स्थानका लागि मतदान हुनेछ। पहिलो चरणअन्तर्गत मतदान हुने २१ राज्य र केन्द्र शासित प्रदेशमध्ये १० वटा राज्य र केन्द्र...
भारतमा लोकसभा निर्वाचनको तयारी तीव्र, उत्तराखण्डमा हेलिकप्टरको प्रबन्ध बिहीबार, वैशाख ६, २०८१
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि बिहीबार, वैशाख ६, २०८१ पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारीदर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ।अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्यांक अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको...