News Griha :: न्यूजगृह
बलात्कार आरोपमा दुई जना पक्राउ

सल्यान — २३ वर्षीया महिला र ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सल्यानबाट दुई जना पक्राउ परेका छन्।

महिला बलात्कार गरेको आरोपमा जिल्लाको कुमाख गाउँपालिकाका २६ वर्षीय सन्देश शाह र बालिका बलात्कार गरेको आरोपमा शारदा नगरपालिकाका १४ वर्षीय बालक पक्राउ परेका हुन्। शाहले गत कार्तिक २८ गते र बालकले कार्तिक २० गते बालिका बलात्कार गरेको आरोप छ।

आफन्तले जाहेरी दिएपछि दुवैलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।

शाहले कात्तिक २८ गते २३ की महिलालाई बलत्कार गरेका थिए भने बर्ष १४ का बालकले कात्तिक २० गते बर्ष ६ की बालिका बलत्कार गरेका थिए।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १२:३७
Weather Update