News Griha :: न्यूजगृह
क्यानडा: २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाई पक्राउ पुर्जी

काठमाडौं—  पियर्सन इन्टरनेसनल एअरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ।

क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेसनमार्फत ६ जनालाई पक्राउ गरिएको हो। 

अन्य तीनैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। फरार तीसहित ९ आरोपितलाई १९ वटा भन्दा बढी मुद्दा लगाइएको छ।

१७ अप्रिल २०२३ मा २२ मिलियन क्यानडियन डलर भन्दा बढी सुन र विदेशी मुद्रा बोकेको एक एअर कार्गो कन्टेनर चोरी भएको थियो।

स्विट्जरल्याण्डको जुरिचबाट एअर क्यानडाको उडानमा सुन र मुद्रा ल्याइएको थियो।

दुई पूर्व एअर क्यानाडा कर्मचारीले सो समान चोरी गरिएको खुलेको थियो। जसमध्ये एक जना अहिले हिरासतमा छन् भने अर्कालाई पक्राउ पुर्जी जारी गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:०१
Weather Update