News Griha :: न्यूजगृह
काठमाडौंमा एकैदिन तीन जना मृत भेटिए

काठमाडौं — काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार एकैदिन तीन जना मृत अवस्थामा भेटिएका छन् । 

गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् ।

यसैगरी दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । 

अन्दाजी ६० वर्षीय ती पुरूषको पहिचान खुलेको छैन । तीनै वटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १८:३०
Weather Update