सूर्यदर्शन सहकारीपीडित रित्तो थाल बोकेर सडकमाशुक्रबार, कात्तिक ९, २०८१

१० बजे १० मिनेट: डेङ्गुविरुद्धको अभियान सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, कात्तिक ८, २०८१ सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बस्ने तथा त्यसले डेङ्गु फैलाउने मच्छरको फैलावटमा मद्दत पुग्दै आएकाले त्यस्ता सबै स्थानको सरसफाइ गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ।

मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्रीको ब्रिफिङ : 'क्याबिनेट निर्णय नभए घिसिङले उद्योगको लाइन काट्छु भनेका छन्' बिहीबार, कात्तिक ८, २०८१ डेडिकेटेड र ट्रंक लाइनको विद्युत् उपभोग गरी बक्यौता नतिर्ने उद्योगी र प्राधिकरणका कार्यकारी प्रमुख घिसिङका विषयमा मन्त्रिपरिषद्बाट कुनै निर्णय भइनसकेको ती मन्त्रीहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयमा थप छलफल गर्ने ती मन्त्रीहरूले जानकारी दिएका छन्।

रवि लामिछानेलाई अब तिहारपछि मात्र अदालत लगिने बिहीबार, कात्तिक ८, २०८१ सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले बिहीबार सात दिनको म्याद थपेको छ।

रवि र छविमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने बिहीबार, कात्तिक ८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ।
-1729346267.jpg)
रवि लामिछानेविरुद्ध रूपन्देही अदालतले पनि जारी गर्यो पक्राउ पुर्जी बिहीबार, कात्तिक ८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ।

राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु बिहीबार, कात्तिक ८, २०८१ दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ। लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

सामाजिक सद्भाव र भाइचारा कायम गरेर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह बिहीबार, कात्तिक ८, २०८१ सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैँझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेको छ।

छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति बिहीबार, कात्तिक ८, २०८१ सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति बिहीबार, कात्तिक ८, २०८१ अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो। उनीमाथि सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ।

नेपाल पनि पोलियोको जोखिममा बिहीबार, कात्तिक ८, २०८१ आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ। यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ। दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडिओ सन्देश जारी गर्दै पोलियो रोग उन्मूलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेका छन्।

मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन बिहीबार, कात्तिक ८, २०८१ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ। दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो।

विद्युत प्राधिकरण सञ्चालक समिति बैठक निर्णयविहीन, ६ अर्ब ४३ करोड बक्यौता कसरी असुल होला? बिहीबार, कात्तिक ८, २०८१ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै न कुनै निकायको लिखित निर्देशनबिना त्यस्तो निर्णय गर्न नसकिने बताएका थिए। लिखित निर्देशन दिन कोही पनि तयार नभएपछि बैठक निष्कर्षविहीन भएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए।