News Griha :: न्यूजगृह
१४ किलो चाँदीसहित २ जना पक्राउ
१४ किलो चाँदीसहित २ जना पक्राउ सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ। पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो।
मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै
मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै ‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ,’ अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन्, ‘त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो। हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो।’
असिनापानीले ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
असिनापानीले ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ। स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो। 
बालिका बलात्कारको आरोपमा सवारीचालक पक्राउ
बालिका बलात्कारको आरोपमा सवारीचालक पक्राउ अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियारलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्राधिकरणले काट्यो बक्यौता नतिर्ने ३४ उद्योगको लाइन
प्राधिकरणले काट्यो बक्यौता नतिर्ने ३४ उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटेको छ। गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे बक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो।
कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किए निर्मल पुर्जा
कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किए निर्मल पुर्जा पर्वत आरोहणको विशाल विरासत र इतिहास बोकेको नेपाल र नेपाली जनका लागि मात्र नभई समग्र विश्वभरि नै पर्वतारोहण र आत्मविश्वासको पर्यायवाची बनेका निर्मल पुर्जा इन्डोनेसियाबाट नेपाल फर्किएका छन्।
कञ्चनपुरमा दम्पती मृत भेटिए, हत्याको आशंका
कञ्चनपुरमा दम्पती मृत भेटिए, हत्याको आशंका शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ। अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ।
आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गरेका छन्। दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती सुरु गरेेका हुन्। 
भत्किएको कोठामा कार्यालय प्रमुख
भत्किएको कोठामा कार्यालय प्रमुख जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ। सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ। त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो। तर त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन।
विद्युत् प्राधिकरणले काट्यो महसुल नतिर्ने उद्योगको लाइन
विद्युत् प्राधिकरणले काट्यो महसुल नतिर्ने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नबुझाउने उद्योगको लाइन काटेको छ। 
८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सहायक हवल्दार र जवान पक्राउ
८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सहायक हवल्दार र जवान पक्राउ दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका-१ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्रका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर पक्राउ परेका हुन्। 
पश्चिमी र स्थानीय वायुसँगै नेपालको मौसममा ‘दाना’ चक्रवातको पनि आंशिक प्रभाव
पश्चिमी र स्थानीय वायुसँगै नेपालको मौसममा ‘दाना’ चक्रवातको पनि आंशिक प्रभाव हाल देशभर पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभावसमेत रहेको छ। 
Weather Update