News Griha :: न्यूजगृह
प्राधिकरणले काट्यो बक्यौता नतिर्ने ३४ उद्योगको लाइन

काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटेको छ।

गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे बक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो।

यो अवधिमा ८ उद्योगले भने बक्यौता तिरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए। बाँकी सातवटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको उनले बताए। 

‘हामीले दिएको समयसीमामा आठवटा उद्योगबाट बक्यौता तिरियो। अन्यले पनि तिर्ने भनिरहेका छन्। तर, केही प्राविधिक कारणले ती उद्योगले बक्यौता नतिरेपछि हामी लाइन काट्न बाध्य भएका छौँ,’ उनले भने, ‘अहिलेसम्म लाइन कुन–कुनको काटियो भनेर मसम्म तथ्याङ्क आइसकेको छैन। तर, बक्यौता नतिर्ने ३४ वटाको लाइन काटिएको हो।’

दुईवटा सरकारी उद्योग भएकाले ती उद्योगको भने लाइन नकाटिएको उनले बताए। स्रोतका अनुसार घोराही सिमेन्ट, सोनापुर मिनरल एण्ड आयल, कसमस सिमेन्ट, एस.आर फुड्स, गोयन्का फुड्स, श्याम प्लास्टिकलगायतको लाइन काटिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ११:२३
Weather Update