News Griha :: न्यूजगृह
तीन दिनदेखि हराएका थिङको शव भेटियो
तीन दिनदेखि हराएका थिङको शव भेटियो तीन दिनदेखि हराएका मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठका ३६ वर्षीय सुनबहादुर थिङ मृत अवस्थामा फेला परेका छन्।
म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी
म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए।
सहकर्मीको हत्या आरोपमा माओवादी महावीर समूहका दुई जना कार्यकर्ता पक्राउ
सहकर्मीको हत्या आरोपमा माओवादी महावीर समूहका दुई जना कार्यकर्ता पक्राउ जिल्लाको सुदूरपश्चिम क्षेत्रमा डर धम्की दिई चन्दा आतङ्क मच्याउँदै आएका उनीहरूले चन्दाको रकम हिनामिना गरेको विषयमा विवाद हुँदा आफ्नै सहकर्मीको हत्या गरेको प्रहरीले जनाएको छ।
रौतहटबाट हतियारसहित २ जना पक्राउ
रौतहटबाट हतियारसहित २ जना पक्राउ गुजरा नगरपालिका–३ धनसार सिमरी गेट नजिकैबाट सशस्त्र प्रहरीले हतियारसहित कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियालाई पक्राउ गरेको हो।
२७ हजार नाघे डेङ्गु सङ्क्रमित, उपत्यकामा मात्रै करिब ६ हजार बिरामी
२७ हजार नाघे डेङ्गु सङ्क्रमित, उपत्यकामा मात्रै करिब ६ हजार बिरामी देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो विवरणअनुसार हाल देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जना पुगेको हो।
दलहरुको विरोध प्रदर्शनले काठमाडौंको यातायात प्रभावित
दलहरुको विरोध प्रदर्शनले काठमाडौंको यातायात प्रभावित प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृह अगाडिको सडकमा मञ्च बनाएका कारण सो बाटोमा सवारी निषेध गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए।
वर्षाले १५ करोड बराबरको फूलखेतीमा नोक्सान, तिहारमा मालाको भाउ बढ्न सक्ने
वर्षाले १५ करोड बराबरको फूलखेतीमा नोक्सान, तिहारमा मालाको भाउ बढ्न सक्ने त असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुगेको छ।  यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ। फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए।    
जीप दुर्घटनामा दुई जनाको मृत्यु 
जीप दुर्घटनामा दुई जनाको मृत्यु  दाङको तुलसीपुरमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
सगरमाथा क्षेत्रमा एक महिनामै पुगे ९ हजार पर्यटक
सगरमाथा क्षेत्रमा एक महिनामै पुगे ९ हजार पर्यटक जसबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृतले २० लाख रुपैयाँ घुस लिएको आरोप, छानविन गर्न समिति गठन
वैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृतले २० लाख रुपैयाँ घुस लिएको आरोप, छानविन गर्न समिति गठन डेर्नमाकको अवैतानिक श्रम दूत बनाइदिने भन्दै एक ब्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिद सहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानविनको लागि मन्त्रालय तानेको हो। मन्त्रालयले उनीमाथि छानविन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण : जीबी राईका साझेदार रामबहादुर खनाल पक्राउ
सूर्यदर्शन सहकारी ठगी प्रकरण : जीबी राईका साझेदार रामबहादुर खनाल पक्राउ तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो। नेचर हर्ब्स इनटरनेशनलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन्।
काठमाडौंबाट गोरखा जाँदै गरेको विद्युतीय भ्यान धादिङमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको विद्युतीय भ्यान धादिङमा दुर्घटना शुक्रबार काठमाडौंबाट गोरखाको मनकामना जाँदै गरेको बाप्र ०१-०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान सडकबाट करिब  २५ मिटर तल खोलाछेउमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए।
Weather Update