News Griha :: न्यूजगृह
२७ हजार नाघे डेङ्गु सङ्क्रमित, उपत्यकामा मात्रै करिब ६ हजार बिरामी

काठमाडौं— देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो विवरणअनुसार हाल देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जना पुगेको हो।

यस्तै, यस अवधिमा ११ जना सङ्क्रमितको समेत मृत्यु भएको र र ७६ जिल्लामा सङ्क्रमण देखिएको ईडीसीडीको विवरणमा उल्लेख गरिएको छ। यस्तै हाल सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा रहेको देखिएको छ भने त्यसपछि काठमाडौंमा बढी सङ्क्रमित छन्।

ईडीसीडीको विवरणअनुसार हाल कास्कीमा ७ हजार ८० जना सङ्क्रमित रहेका छन्। यस्तै काठमाडौंमा ४ हजार ६०, तनहुँमा २ हजार १९९, ललितपुरमा एक हजार ६०, एक हजार ५७ जना सङ्क्रमित छन्। भक्तपुरमा ६ सय २८ जना सङ्क्रमित छन्।

हाल सबैभन्दा धेरै डेङ्गु संक्रमण दर कास्की र काठमाडौंमा रहेको छ कास्कीमा हाल संक्रमण दर २६ प्रतिशत रहेको छ भने काठमाडौंमा १५ प्रतिशत रहेको छ।

हालसम्म नेपालमा मनसुन सुरु हुने समय जुन र जुलाईदेखि डेङ्गु सङ्क्रमण देखिन सुरु हुने र सेप्टेम्बर र अक्टोबर महिनामा सङ्क्रमण उच्च तहमा पुगेर ओरालो लाग्ने गरेको पाइए पनि यो वर्ष गत वर्षको तुलनामा सेप्टेम्बर अक्टोबर महिनामा कम डेङ्गु सङ्क्रमण भएको देखिएको छ।

गत वर्ष सेप्टेम्बर महिनामा १३ हजार ९१२ सङ्क्रमण भएकोमा यो वर्ष सेप्टेम्बर महिनामा देशभर जम्मा १० हजार ५९४ जना सङ्क्रमित भएका थिए भने अक्टोबर महिना सकिन केही दिन मात्रै बाँकी भएको समयमा यो महिनामा हालसम्म जम्मा ८ हजार ६०८ जना सङ्क्रमित छन् अघिल्लो वर्ष अक्टोबर महिनामा १२ हजार ६९९ जना सङ्क्रमित भेटिएका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १२:४३
Weather Update