News Griha :: न्यूजगृह
मुस्ताङको तातोपानी कुण्ड: माल पाएर चाल नपाएपछि...
मुस्ताङको तातोपानी कुण्ड: माल पाएर चाल नपाएपछि... लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ। अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो।
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाईं डाँडा ताल’
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाईं डाँडा ताल’  चुरेको फेदमा अवस्थित छ ‘गोसाईं डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बिचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन्।
तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्यो
तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्यो पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडबाडको बेला भए पनि मादलको बिक्री बढ्ने गरेको छ। धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देशी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन्।
थाइ एयर एसियाले माफी माग्यो, नेपालले ४ घण्टापछि जहाज छाड्यो
थाइ एयर एसियाले माफी माग्यो, नेपालले ४ घण्टापछि जहाज छाड्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाइ एयर एसियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६:५७ बजे बैंककका लागि छाडिएको हो। 
कालीगण्डकी–तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
कालीगण्डकी–तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ। रिट खारेज भएसँगै यो आयोजना अघि बढाउने बाटो खुलेको छ। आयोजनाविरुद्ध २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो।
अनुमतिबिनै काठमाडौं आएपछि थाइ एयर एसियाको नियमित उडान रद्द
अनुमतिबिनै काठमाडौं आएपछि थाइ एयर एसियाको नियमित उडान रद्द आइतबार अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। आइतबार उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि यस्तो कारबाही गरेको प्राधिकरणले जनाएको छ।
कात्तिक २३ देखि राति त्रिभुवन विमानस्थल बन्द, अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने
कात्तिक २३ देखि राति त्रिभुवन विमानस्थल बन्द, अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ देखि चैत  १८ सम्म रातको समयमा बन्द गरिँदैछ।
काठमाडौंको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ
काठमाडौंको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ काठमाडौंबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। नागार्जुन नगरपालिका–१६ रानीवनस्थित नमुनाटोलबाट शनिबार राति ती युवकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।
नेपालमा पहिलोपटक एआई सम्मेलन
नेपालमा पहिलोपटक एआई सम्मेलन नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ एआई सम्मेलन सुरु भएको छ। आइतबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।
भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग
भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग तिहारमा बढी माग हुने फूलमाला भारतबाट आउँदा नेपाली किसानहरूले आफूले उत्पादन गरेका फूलमालाले बजार भाउ नपाउने गुनासो गर्दै आएका छन्।
एकताबद्ध भएर अघि बढ्न एनआरएनलाई प्रधानमन्त्री ओलीको आग्रह
एकताबद्ध भएर अघि बढ्न एनआरएनलाई प्रधानमन्त्री ओलीको आग्रह गैरआवासीय नेपाल संघ (एआरएन) द्वारा आइतबार आयोजित गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणसभाको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन्।  
रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो
रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। उनीमाथि कास्की प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ।
Weather Update