News Griha :: न्यूजगृह
एकताबद्ध भएर अघि बढ्न एनआरएनलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन्।

गैरआवासीय नेपाल संघ (एआरएन) द्वारा आइतबार आयोजित गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणसभाको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन्।  

'नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन्। अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन। मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,' उनले भने। 

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे।

उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै भने, 'म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो। एमालेको मात्रै प्रधानमन्त्री होइन। राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ। सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन्। हामीले त्यस हैसियतले काम गर्ने हो।'

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १२:४१
Weather Update