तीन दिनदेखि हराएका थिङको शव भेटियो
हेटौँडा— तीन दिनदेखि हराएका मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठका ३६ वर्षीय सुनबहादुर थिङ मृत अवस्थामा फेला परेका छन्।
गत मंगलबारदेखि हराइरहेका उनको शव शुक्रबार घरदेखि २ किलोमिटर दक्षिणतर्फको धारागाउँ जंगलमा भेटिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
सुनबहादुरको शव प्रहरीले पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन।
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ १३:४७