News Griha :: न्यूजगृह
१४ किलो चाँदीसहित २ जना पक्राउ

काठमाडौं— १४ किलो अवैध चाँदीसहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन्।

सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ। पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो।

सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो। महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:११
Weather Update