News Griha :: न्यूजगृह
१० बजे १० मिनेट: डेङ्गुविरुद्धको अभियान सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं— सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेङ्गु नियन्त्रणका लागि सरसफाइ अभियान चलाउने निर्णय लिएको छ। 

सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बस्ने तथा त्यसले डेङ्गु फैलाउने मच्छरको फैलावटमा मद्दत पुग्दै आएकाले त्यस्ता सबै स्थानको सरसफाइ गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ।

डेङ्गु सङ्क्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयले लगेको त्यस्तो प्रस्ताव उपर मन्त्रिपरिषद्ले निर्णय लिँदै शुक्रबार १० बजे सबै १० मिनेट सबै सरकारी कार्यालयमा सरसफाइ अभियान चलाउने भनेको छ।

कवाडी सामानहरुमा जमेका पानी फाल्ने सरसफाइ गर्न अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद् बैठक पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। 

डेङ्गु लामखुट्टेबाट सर्ने भाइरल सङ्क्रमण हो। डेङ्गु सार्ने लामखुट्टेले जमेको पानीमा फूल पार्छ। थोरै जमेको पानीमा पनि लामखुट्टेले फुल पार्ने भएकाले त्यस्तो पानी कतै जम्न नदिन विज्ञहरूले सुझाव दिँदै आएका छन्। 

स्वास्थ्य मन्त्रालयले त्यस्तो अभियाननै चाल्नुपर्ने प्रस्ताव गरेपछि सरकारी कार्यालयबाट प्रारम्भ गर्न लागिएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २०:४९
Weather Update