News Griha :: न्यूजगृह
सामाजिक सद्‍भाव र भाइचारा कायम गरेर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं— जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दिपावली (तिहार), नेपाल संवत तथ छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैँझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेको छ।

त्यस्तै, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, भुइँचम्पा, पटाका, आतिसबाजी जस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रिवितरण गर्नेजस्ता कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ।

‘कानुनले निषेध गरेका यस्ता गतिविधि गरे/गराएमा कानुनबमोजिम कारबाही भइजाने व्यहोरासमेत सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

सूचना अधिकारीसमेत रहेको पौडेलले देउसी भैलोलगायत सांस्कृतिक कार्यक्रमहरू मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले सञ्चालन गर्न पनि आग्रह गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १५:३४
Weather Update