News Griha :: न्यूजगृह
छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की— सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। 

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

उनी गत असोज ६ गते पक्राउ परेका थिए। पक्राउ परेसँगै उनको म्याद थप हुँदै आएको छ। 

बिहीबार नै अदालतले रास्वपाका सभापति रवि लामिछाने र सहकारी ठगीमै पक्राउ परेकी लीला पछाईंको पनि ७ दिन नै म्याद थपको आदेश गरेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १५:१०
Weather Update