News Griha :: न्यूजगृह
अनुसन्धानले दोषी देखाए भगवती पाण्डेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड
अनुसन्धानले दोषी देखाए भगवती पाण्डेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून व्यवसायी भगवती पाण्डे 'शीतल' ले तामाङ लगायतका संस्कारमा दिएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार आदिवासी जनजातिले काठमाडौंमा गरेको कार्यक्रममा उनले पाण्डे दोषी देखिए कारबाही हुने बताएका हुन् ।
उपराष्ट्रपति यादव अर्को साता चीन जाने
उपराष्ट्रपति यादव अर्को साता चीन जाने मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो । उपराष्ट्रपति यादव साउन ३१ देखि भदौ ३ सम्म चीनको कुन्मिङमा सातौँ चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप सुस्त गतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एक वर्ष थप गरिएको छ ।सुरुआती ठेक्का सम्झौत अनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनु पर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ । 
सुन तस्करी प्रकरण : अर्थ सचिव र प्रहरी प्रमुखमाथि नै रवि लामिछानेको शङ्का  
सुन तस्करी प्रकरण : अर्थ सचिव र प्रहरी प्रमुखमाथि नै रवि लामिछानेको शङ्का   उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने दाबी लामिछानेले गर्दै आएका छन्  । उनले भने, ‘मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिनँ, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन । यसकारण अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख...
नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन : चितवन प्रशासन
नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन : चितवन प्रशासन जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ। मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो। सो क्रममा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले खटाएको आरएटी नाम दिइएको एउटा समूह परिचालन भएको...
को हुन् पशुपतिनाथका नयाँ भट्ट ? 
को हुन् पशुपतिनाथका नयाँ भट्ट ?  दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त भएका हुुन् । यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । राजीनामा दिएको चार महिनामा अडिगालाई दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त गरिएको हो ।  
मन्त्री ज्वालासँग पूर्वाधार विज्ञले भने— खर्चिलो भएपनि सुरुङ मार्गमै जाऊ
मन्त्री ज्वालासँग पूर्वाधार विज्ञले भने— खर्चिलो भएपनि सुरुङ मार्गमै जाऊ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र पछि बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल शुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताएका छन् । 
वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध
वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।
अध्यक्ष सिंह भन्छन्— विगतको सरकारको गल्ती हो भनेर वर्तमान सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन
अध्यक्ष सिंह भन्छन्— विगतको सरकारको गल्ती हो भनेर वर्तमान सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन महासङ्घले बुधबार काठमाडौंमा सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले आफूहरूले सरकारलाई काम गर्ने कार्यतालिका दिने र सरकारले आफूहरूलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्ने बताए ।
नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ 
नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ  बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धी एक अन्तरक्रियामा उनले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वय गर्ने बताए । तर, नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने गृहमन्त्री श्रेष्ठले स्पष्ट पारे । 
महाकाली नदीले सतर्कता तह पार गर्‍यो, वनबासा पुल बन्द 
महाकाली नदीले सतर्कता तह पार गर्‍यो, वनबासा पुल बन्द  महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज (वनवासा) पुलमा चारपाङ्ग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान...
झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप
झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित फार्ममा पालिएका गाई तथा भैँसीमा खोप लगाइएको हो । 
Weather Update