News Griha :: न्यूजगृह
उपराष्ट्रपति यादव अर्को साता चीन जाने

काठमाडौं—  उपराष्ट्रपति रामसहाय प्रसाद यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो । उपराष्ट्रपति यादव साउन ३१ देखि भदौ ३ सम्म चीनको कुन्मिङमा सातौँ चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  

त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहदरबारको संशोधित गुरु योजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई स्विट्जरल्याण्डको जुरिचमा भदौ १५ देखि १६ गतेसम्म हुने कोअपरेशन इन फाइनान्सिङ, सोसल हुमानिटेरियर,पीपीपी एण्ड ग्रिनप्रोग्राम्स लगानी सहकार्य विषयक कार्यक्रममा सहभागि हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:२५
Weather Update