News Griha :: न्यूजगृह
बैकुण्ठ अर्यालले दिए राजीनामा
बैकुण्ठ अर्यालले दिए राजीनामा कात्तिक १४ मा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबार मात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए। अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए।
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
सडकमा माटो खसाल्ने समिट होटेलका टिपर र ट्रकलाई पाँच हजार जरिवाना
सडकमा माटो खसाल्ने समिट होटेलका टिपर र ट्रकलाई पाँच हजार जरिवाना ललितपुर महानगरपालिकाले सानेपास्थित समिट होटेल निर्माणको क्रममा टिपर र ट्रकले माटो ओसारपसार गर्दा सडकमा असर पुर्‍याएपछि मिनी ट्रकलाई कारबाही गरेको छ। महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०७५ को दफा २४ बमोजिम बा ५ ख ५४४३ नं. को मिनी ट्रकलाई सडकमा फोहोर गरेबापत  पाँच हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
हुस्सु र कुहिरोले धेरै ठाउँमा प्रभावित भयो हवाई उडान
हुस्सु र कुहिरोले धेरै ठाउँमा प्रभावित भयो हवाई उडान पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ। गत बिहीवार थाइल्याण्डको बैंककबाट आएको थाइ एअर एसियाको विमान भैरहवामाथि आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो।
स्वर्गीय दमननाथ ढुंगानाको सोमबार अन्त्येष्‍टि गरिने
स्वर्गीय दमननाथ ढुंगानाको सोमबार अन्त्येष्‍टि गरिने पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। काठमाडौंको फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएका उनको सोमबार बिहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पुर्वसभामुख ढुंगानाको निधनमा दुःख व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु।’
रूपन्देहीमा कुटपिटबाट एकको मृत्यु
रूपन्देहीमा कुटपिटबाट एकको मृत्यु गम्भीर घाइते भएका सहनीलाई भीम अस्पताल लगिएको थियो। तर धेरै रगत बगेकाले मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। कुटपिट गर्ने ३ मध्ये २ जनालाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको र मुख्य आरोपी अजयलाई शनिबार बिहान पक्राउ गरेको एसपी सिंहले जानकारी दिए।
दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रियो
दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रियो विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो। निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकोले लिफ्ट बिग्रेको उनको भनाइ छ। 
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन उनी २०४८ सालको प्रतिनिधिसभामा सभामुख थिए। अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उनलाई घरबाट अस्पताल ल्याइ पुर्‍याउँदा उनको निधन भइसकेको थियो। ८३ वर्षको उमेरका उनको निधन भएको हो।
रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ
रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ। ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ।
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षाका विषयमा कुराकानी भएको थियो।
Weather Update