दुर्गा प्रसाईंसँगै पक्राउ परेका थिए २५ जना, १५ जनालाई आजै छाड्ने, बाँकीमाथि अनुसन्धान हुने मंगलबार, मंसिर ४, २०८१

दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न सीआईबीबाट साइबर ब्युरो लगियो मंगलबार, मंसिर ४, २०८१ मंगलबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेका उनलाई थप अनुसन्धानका लागि साइबर ब्युरोमा पठाइएको सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

बयान सकेर कुमार रम्तेललाई पोखरा लगियो, अब छविलाल जोशीलाई ल्याइने मंगलबार, मंसिर ४, २०८१ जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको अनुसन्धान गरिरहेको छ। प्रहरीले स्वर्णलक्ष्मीमा जोडिएका कुमार रम्तेललाई कास्कीबाट काठमाडौं ल्याएर बयान लिएर पुन: पोखरा लगेको छ।
-1732007907.jpg)
किन पक्राउ परे दुर्गा प्रसाईं?, ५ कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता गर्ने तयारी मंगलबार, मंसिर ४, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि ५ कसुरमा अनुसन्धान गरी मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ। फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक मंगलबार पक्राउ परेका प्रसाईंमाथि ५ कसुरमा अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको हो।

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ मंगलबार, मंसिर ४, २०८१ रुकुम पश्चिममा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।चौरजहारी नगरपालिका वडा नम्बर २ की दीपा कुमाललाई श्रीमान मधु कुमालको हत्या अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

सार्वजनिक बिदाको ढिलो निर्णयले सास्ती सोमबार, मंसिर ३, २०८१ सरकारको ढिलो बिदा निर्णयले निजामती कर्मचारीदेखि विद्यार्थी, शिक्षकसम्मले सास्ती पाएका छन्। सरकारले आज (सोमबार) पूर्वसभामुख स्व। दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिएको हो।

पूर्व सभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली सोमबार, मंसिर ३, २०८१ सोमबार ढुंगानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
-1731912623.jpg)
गुन्डा सत्यमान लामा पक्राउ सोमबार, मंसिर ३, २०८१ गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन्। चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

पाथीभरा मन्दिरमा कार्तिकमा मात्रै ३७ लाख ४४ हजार भेटी सोमबार, मंसिर ३, २०८१ पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँ भेटी संकलन भएको छ। आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा प्रेषित सूचनामा उल्लेख भए अनुसार कार्तिकमा ६१ हजार १ सय ७३ तीर्थयात्री आएका थिए।

पृथ्वी राजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द सोमबार, मंसिर ३, २०८१ निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो। उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
-1731841316.jpg)
पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा सोमबार, मंसिर ३, २०८१ पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।
-1714474494.jpg)
बहुविवाहका फरार प्रतिवादी पक्राउ सोमबार, मंसिर ३, २०८१ फरार रहेका बहुविवाह मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ परेको छ। बैतडीको मेलौली नगरपालिका–१ का ४० वर्षीय सुरेशसिंह विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाल एअरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान सोमबार, मंसिर ३, २०८१ आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानले कुवेतबाट १७१ जना यात्रु ल्याएको थियो। फर्किंदा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना लिएर उडेको छ।