News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न सीआईबीबाट साइबर ब्‍युरो लगियो

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरोमा पठाइएको छ।

मंगलबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले पक्राउ गरेका उनलाई थप अनुसन्धानका लागि साइबर ब्युरोमा पठाइएको सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

त्यसअघि उनलाई वीर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो। उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जालबाट भ्रामक प्रचार गरेको आरोप छ। प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका जिकिर गरिएको छ।

उनले कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै भ्रामक सूचना प्रचार गरेको सीआईबीले दावी गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १८:४५
Weather Update