News Griha :: न्यूजगृह
बयानका लागि छविलाल जोशीलाई सरकारी वकिल कार्यालय लगियो 
बयानका लागि छविलाल जोशीलाई सरकारी वकिल कार्यालय लगियो  स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचनलको आरोपमा प्रहरीले उनलाई बयानका लागि काठमाडौं ल्याएको हो। उनलाई बिहीबार सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको हो।
ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए। उनका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको हो।
जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न
जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा सङ्क्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए। 
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत असार १६ मा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
कास्की–मनाङ सिमानामा गयो भूकम्प
कास्की–मनाङ सिमानामा गयो भूकम्प बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।
खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली
खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली त्यसअघि २०६५ सालमा मन्त्रिपरिषद्ले बागमती, विष्णुमती लगायत ठूला नदीहरूमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो। पहिले २० मिटर छाड्नुपर्ने भनिएकोमा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो।
स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एकजना पक्राउ
स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एकजना पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका-१ स्थित राईस मिलको पूर्वदक्षिण कुनाको बाटोमा शङ्कास्पद गतिविधि देखेर उनलाई जाँच गर्दा  रकम बरामद गरेको हो।
२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एअरलाइन्स कम्पनीलाई पर्यटनमन्त्रीको निर्देशन
२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एअरलाइन्स कम्पनीलाई पर्यटनमन्त्रीको निर्देशन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाइएको छलफलमा मन्त्री पाण्डेले बिक्री गरेको टिकटको मूल्य बिहीबार अपरान्ह ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्। 
आफूलाई 'अन्डरकभर एजेन्ट' बताएर रकम असुली गर्ने डाक्टर पक्राउ
आफूलाई 'अन्डरकभर एजेन्ट' बताएर रकम असुली गर्ने डाक्टर पक्राउ आफूलाई अन्डरवर्ल्ड नेटवर्कको  'अन्डरकभर एजेन्ट' बताएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा आशिष दाहाल छन्।
लरेन्स विश्नोईको नाममा धम्की दिएको भन्दै सीआईबीमा चार जनाको जाहेरी
लरेन्स विश्नोईको नाममा धम्की दिएको भन्दै सीआईबीमा चार जनाको जाहेरी उनीहरुले आफूहरुलाई दुबई र भारतको नम्बरबाट फोन गरेर धम्की व्यवहोरासहित सीआईबीमा जाहेरी दिएको ब्युरोका एसपी होविन्द्र बोगटीले बताए। उनका अनुसार, यो मामलामा प्रहरीले एक साता अघिबाटै अनुसन्धान गरिरहेको छ।
सहकारी ठगी प्रकरणमा रविसहित १० जनाविरुद्ध चितवनमा पनि पर्‍यो जाहेरी
सहकारी ठगी प्रकरणमा रविसहित १० जनाविरुद्ध चितवनमा पनि पर्‍यो जाहेरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको हो। चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो।बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको पुष्टि गरे।
अन्ततः सर्ने भयो आयल निगमको सिनामंगल डिपो
अन्ततः सर्ने भयो आयल निगमको सिनामंगल डिपो नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ। मन्त्रिपरिषद्ले २०८१ साउनमा डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो। सोही अनुसार निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन बुधबार सम्झौता गरेको छ।
Weather Update