कास्की–मनाङ सिमानामा गयो भूकम्प

काठमाडौं — कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।
यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ ११:४१