News Griha :: न्यूजगृह
नेपाली नोटमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
नेपाली नोटमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति भारतीय जनता पार्टीका नेता डा विजय जोलीले नेपालले जानाजानी सीमा विवाद उत्पन्न गरेको गुनासो गरेका छन्। शनिबार राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल-भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा ल्याएको गुनासो गरे।  
बलात्कार आरोपमा दुई जना पक्राउ
बलात्कार आरोपमा दुई जना पक्राउ २३ वर्षीया महिला र ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सल्यानबाट दुई जना पक्राउ परेका छन्।
गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मध्यबिन्दु नगरपालिका-६ भण्डाराका ६५ वर्षीय कृषक नाथुराम थारूको शनिबार बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
अब धरहरा चढ्न २०० रुपैयाँ शुल्क लाग्ने, पार्किङको पनि पैसा तिर्नुपर्ने 
अब धरहरा चढ्न २०० रुपैयाँ शुल्क लाग्ने, पार्किङको पनि पैसा तिर्नुपर्ने  सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ।विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएको छ।
सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ
सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३–००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना, दुईको मृत्यु
अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना, दुईको मृत्यु स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमको समाचारमा उल्लेख छ।
२८५ कैदीलाई ‘प्यारोल’मा राख्न सिफारिस
२८५ कैदीलाई ‘प्यारोल’मा राख्न सिफारिस महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ दफा ३८ बमोजिम असल चालचलन भएका कैदीबन्दीलाई प्यारोलमा राख्न बोर्डसमक्ष प्रस्ताव पेस भएबमोजिम उक्त सिफारिस गरेको हो। 
काठमाडौं महानगरका ४९७ पसल अनुगमन गर्दा २० वटामात्रै मापदण्ड अनुसारका
काठमाडौं महानगरका ४९७ पसल अनुगमन गर्दा २० वटामात्रै मापदण्ड अनुसारका गत असोज १० गतेदेखि कामपाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको महानगरले जनाएको छ। १३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन् भने ३११ वटामा मूल्य सूची फेला नपरेको, दुई सय व्यवसाय दर्ता नगराई सञ्चालन भएको पाइएको महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले...
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदन सर्वोच्च अदालतले हेर्न नभ्याउने भएको छ। न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासमा मुद्दाको पेसी तोकिएकोमा उनीहरूले समय अभावका कारण मुद्दा हेर्न नभ्याउने भएका हुन्।
पूर्वडीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै
पूर्वडीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्वडीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ। मंसिर ४ मा उनलाई काठमाडौंमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन्।
मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्ध परेको रिटको पेसी चुडाल र सुवेदीको इजलासमा
मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्ध परेको रिटको पेसी चुडाल र सुवेदीको इजलासमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा छलफल हुँदैछ।न्यायाधीशहरु डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा मुद्दाको पेसी तोकिएको छ।
रसुवाबाट २ किलो सुनसहित एक जना पक्राउ
रसुवाबाट २ किलो सुनसहित एक जना पक्राउ गोसाइँकुण्ड गाउँपालिका–३ बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए।
Weather Update