काठमाडौंमा एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालनशुक्रबार, मंसिर ७, २०८१

काठमाडौंका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन शुक्रबार, मंसिर ७, २०८१ नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर र ललितपुरको सिमानास्थित बालकुमारीमा कार्यक्रम गर्दै छन्।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणका अभियुक्त पुर्पक्षका लागि जेल चलान शुक्रबार, मंसिर ७, २०८१ सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणका फरार एक अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन्। महोत्तरीको जलेश्वर नगरपालिका- ६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार चलान गरिएको हो।

मुग्लिन– पोखरा सडक : पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै शुक्रबार, मंसिर ७, २०८१ मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो। हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ।

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने शुक्रबार, मंसिर ७, २०८१ काठमाडौं महानगरपालिकाले आज सूचना जारी गरी आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो।

केदार ढकाल र बुद्धिराज गुरुङ एआईजीमा बढुवा शुक्रबार, मंसिर ७, २०८१ मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका दुई डीआईजीलाई एआईजी पदमा बढुवा गरेको छ। मन्त्रिपरिषद बैठकले बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।

काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु बनाएर भूकम्प शुक्रबार, मंसिर ७, २०८१ केन्द्रले भूकम्पको तीव्रता २.६ म्याग्नेच्यूडको रहेको जनाएको छ। यसअघि बिहीबार बिहान १० बजे कास्की र मनाङको सिमाना अन्पूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।

देशका अधिकांश भागमा आज मौसम सफा रहने शुक्रबार, मंसिर ७, २०८१ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यूनचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।
६०० ग्राहकको विद्युत् लाइन काटिँदै शुक्रबार, मंसिर ७, २०८१ जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ। केन्द्रका अनुसार विद्युत महसुलबापतको रु ८० लाख ९९ हजार तीन सय ६२ बक्यौता उठाउन बाँकी छ।

नदीनाला वरपर २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने बिहीबार, मंसिर ६, २०८१ काठमाडौं उपत्यकाका नदीनाला वरपर २० मिटर खुला राख्नुपर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू डा कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले पुनरावलोकनको अनुमति प्रदान गरेको हो।

भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन, कसरी हुन्छ ट्राफिक व्यवस्थापन? बिहीबार, मंसिर ६, २०८१ नेकपा एमालेले शुक्रबार जागरण सभा गर्न लागेको छ। एमालेले र्याली गरेर काठमाडौंको दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति प्रशासन कार्यालयबाट लिएको छ।त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको पनि प्रदर्शन छ।

काठमाडौं उपत्यकामा तीनजना मृतावस्थामा भेटिए बिहीबार, मंसिर ६, २०८१ प्रहरीका अनुसार नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौं महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा आज मृत अवस्थामा फेला परेका छन्।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात बिहीबार, मंसिर ६, २०८१ हिमपातसँगै मौसम अझै चिसो बनेको छ। हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।