केदार ढकाल र बुद्धिराज गुरुङ एआईजीमा बढुवा
काठमाडौं — मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका दुई डीआईजीलाई एआईजी पदमा बढुवा गरेको छ। मन्त्रिपरिषद बैठकले बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गुरुङ र ढकाललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन्। उनीहरु गत कात्तिक महिनामा बढुवा सिफारिसमा परेका थिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१ ०७:४३