सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं — सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन्।
सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३–००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उक्त गाडी चितवनबाट हेटौंडा–सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१ ११:२६