रूखले च्यापिएर एकको मृत्यु, दुईजना गम्भीर घाइतेआइतबार, मंसिर ९, २०८१

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो आइतबार, मंसिर ९, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन्।
-1732007907.jpg)
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति आइतबार, मंसिर ९, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्।

चिकित्सा शिक्षा आयोगको बैठक : पीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन आइतबार, मंसिर ९, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पीजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्।

सानेपामा ट्रकले दियो चार वटा गाडीलाई ठक्कर आइतबार, मंसिर ९, २०८१ ललितपुरको सानेपामा भारतीय नम्बर प्लेटको ट्रकले चार वटा सवारीसाधनमाथि ठक्कर दिएको छ।आइतबार १२:४५ बजे ललितपुर महानगरपालिकाको सानेपास्थित सडकमा यूपी ४० टी ८१६२ नम्बरको ट्रकले चार वटा गाडीलाई ठक्कर दिएको हो।

सवारी दुर्घटनामा दम्पतीको मृत्यु आइतबार, मंसिर ९, २०८१ दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिचान खुलिनसकेको सवारीको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए।

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, मंसिर ९, २०८१ कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सिनामङ्गलस्थित एक होटलमा युवायुवती मृत भेटिए आइतबार, मंसिर ९, २०८१ परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आइतबार उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश आइतबार, मंसिर ९, २०८१ न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो। प्रसाईंको हकमा छोरा निराजनले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए। उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए।

मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय आइतबार, मंसिर ९, २०८१ यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन्।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिए आइतबार, मंसिर ९, २०८१ प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।

राहदानी वितरण रोकिएपछि सेवाग्राही आक्रोशित आइतबार, मंसिर ९, २०८१ त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरूले छिटो सेवा सुरु गर्न माग गर्दै होहल्ला गरेका छन् । उनीहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको छ । तर सेवाग्राहीले हात नहाल्न चेतावनी दिएका छन् ।

रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दा पेसीमा आइतबार, मंसिर ९, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो।