राहदानी वितरण रोकिएपछि सेवाग्राही आक्रोशित
काठमाडौं — राहदानी विभागको सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरूले छिटो सेवा सुरु गर्न माग गर्दै होहल्ला गरेका छन् । उनीहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको छ । तर सेवाग्राहीले हात नहाल्न चेतावनी दिएका छन् ।
हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । राहदानी वितरण रोकिँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ ।
विभागले गत शुक्रबार गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । मंसिर १० देखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ १३:५८