News Griha :: न्यूजगृह
हज यात्राका लागि आवेदन दिने म्याद थप
हज यात्राका लागि आवेदन दिने म्याद थप यसअघि समितिले गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन भनेको थियो । तर यस वर्ष विगतका वर्षहरूभन्दा छिटो हजको आवेदन खुलेकाले मुस्लिम समुदायबाट आवेदनको समय थप गर्न माग हुँदै आएको थियो । सोही माग बमोजिम म्याद थप गरिएको कार्यवाहक अध्यक्ष मियाँले जानकारी दिए ।
भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्री कोस्टाद्वारा राजीनामा
भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्री कोस्टाद्वारा राजीनामा मंगलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धानकर्ताहरूले विभिन्न मन्त्रालय र कोस्टाको कार्यालयमा छापा मारेको जनाएका थिए । त्यसपछि सरकारी अभियोजकले पूर्वाधार मन्त्री जोआओ गलाम्बालाई दोषी ठहर गर्दै कोस्टाका चिफ अफ स्टाफविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएका थिए ।
पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना बुधबार दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प
जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प मंगलबार राति १०:३० बजे जाजरकोटको पैंङ्क आसपास ३.९ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति गएको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ । 
स्वास्थ्य उपचारको सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीको अपिल
स्वास्थ्य उपचारको सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीको अपिल जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सकहरू र सरोकारवालाहरूलाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ ।
संघीय संसद् भवन निर्माण छिट्टै पूरा गर्न सभामुखको निर्देशन
संघीय संसद् भवन निर्माण छिट्टै पूरा गर्न सभामुखको निर्देशन सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिएका छन् ।
विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीले भ्रष्टाचार मुद्दामा पाए सफाइ
विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीले भ्रष्टाचार मुद्दामा पाए सफाइ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी झापाका वरिष्ठ व्यवस्थापन सहायक रहेका बेला भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अदालतबाटै पेस्तोल र मोबाइल चोरी 
अदालतबाटै पेस्तोल र मोबाइल चोरी  मुद्दा फाँटमा मुद्दाका मिसिलसँग राखिएको लागूऔषध र हातहतियार खरखजना मुद्दाका अभियुक्तको मोबाइल र अभियुक्तबाट समातिएको पेस्तोल र गोली चोरी भएको हो ।
मन्त्री दुलालका पीएसओले गरे आत्महत्या    
मन्त्री दुलालका पीएसओले गरे आत्महत्या     बागमती प्रदेशका भौतिकका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । ४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा११ स्थित वनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
 बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
 बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।  गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो ।
आरती साह प्रकरण : गृहले पीडित पक्षलाई वार्तामा बोलायो 
आरती साह प्रकरण : गृहले पीडित पक्षलाई वार्तामा बोलायो  गृहले प्रहरी प्रधान कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएर साहका आफन्तलाई वार्तामा बोलाएको हो । आरतीका बुबा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले सोमबार पीडित पक्षलाई पत्राचार गरेको छ ।
हमास–इजरायल युद्ध : गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
हमास–इजरायल युद्ध : गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो गाजामा हमास–इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको तथ्यांकानुसार युद्धमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।
Weather Update