News Griha :: न्यूजगृह
वर्षाले कोलकाता र गुजरातबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे
वर्षाले कोलकाता र गुजरातबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे आईपीएल क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ। गुजराजको नरेन्द्र मोदी स्टेडियममा हुने तय भएको खेलमा लगातारको वर्षा भएपछि टस नै हुन सकेन। 
‘स्ट्रिप च्याट’ मार्फत यौनजन्य अश्लील हर्कत गर्ने अञ्जली पक्राउ
‘स्ट्रिप च्याट’ मार्फत यौनजन्य अश्लील हर्कत गर्ने अञ्जली पक्राउ अनुसन्धान कार्यालयले अधिकारीलाई गोकर्णेश्वर नगरपालिका माकलबारीबाट नियन्त्रणमा लिएको हो । १९ वर्षीया अधिकारीविरुद्ध बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा कारबाहीको लागि प्रहरी परिसर टेकुमा पठाइएको जानकारी रेग्मीले दिए।
सिप्रदीले काठमाडौं महानगरलाई पुरानो गाडी बेच्यो, कालोसूचीमा राख्न सिफारिस   
सिप्रदीले काठमाडौं महानगरलाई पुरानो गाडी बेच्यो, कालोसूचीमा राख्न सिफारिस    सिप्रदी ट्रेडिङलाई ३ वर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ। सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता ट्रेडिङले सन् २०२२ मा उत्पादन भएका ६ वटा सवारी साधन उपलब्ध गराउनु पर्नेमा ४ वटा सन् २०२१ मोडेलका गाडी उपलब्ध गराएको बताउँदै प्रवक्ता नवीन मानन्धरले कालोसूचीमा राख्न सिफारिस...
सहकारी प्रकरणमा भोलिदेखि कांग्रेस भ्रातृ संस्था सडकमा  
सहकारी प्रकरणमा भोलिदेखि कांग्रेस भ्रातृ संस्था सडकमा   नेपाली कांग्रेसले सहकारीमा बचतकर्ताहरूले गरेको बचत फिर्ताका लागि सदन र सडकबाट दबाब दिने भएको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।माग पूरा नभए मंगलबार पनि सदन अवरोध गर्ने कांग्रेसको तयारी छ। यसैबीच कांग्रेसका भ्रातृ संस्थाहरू सडक प्रदर्शनमा उत्रने...
नेपाली युवकको मलेसियामा मृत्यु
नेपाली युवकको मलेसियामा मृत्यु मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ।
ललितपुरको नख्खुमा बसले राइड शेयरिङ स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु
ललितपुरको नख्खुमा बसले राइड शेयरिङ स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार बसको ठक्करबाट राइड शेयरिङका स्कुटर चालक ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापा घाइते भएका थिए।
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उच्च शिक्षाका लागि स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी टिकाउने वातावरण सिर्जना गर्न जोड दिइएको छ।     ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ माथिको छलफलका क्रममा संशोधनकर्ता सदस्यले स्वदेशमा विश्वविद्यालय थप्दै जाने तर उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेश जानेक्रम बढ्दै जाने हो...
प्रतिबन्धित ‘वानएक्स बेट’को प्रचार गर्दै हाम्रो पात्रो, कारबाही होला?
प्रतिबन्धित ‘वानएक्स बेट’को प्रचार गर्दै हाम्रो पात्रो, कारबाही होला? हाम्रो पात्रो एपले वनएक्स बेट (सट्टेबाजी) एप्लिकेसनको प्रचार गर्ने गरेको पाइएको छ। हाम्रो पात्रो मोबाइल एपमा वनएक्स बेटको विज्ञापन देख्न सकिन्छ।नेपालमा वनएक्स एपले नेपालमा प्रतिबन्धित छ। तर हाम्रो पात्रो एपले विना धक वनएक्स बेटको प्रचार गरिरहेको छ। हाम्रो पात्रो एममा देखिने वनएक्स बेटको विज्ञापन गुगल एड हो। तर यसको...
१ सय २४ जनालाई टर्की लैजाने भन्दै करोडौँ ठगी गर्ने एक जना पक्राउ 
१ सय २४ जनालाई टर्की लैजाने भन्दै करोडौँ ठगी गर्ने एक जना पक्राउ  प्रहरीले १ सय २४ जना नेपाली नागरिकलाई टर्की पठाउने भन्दै करोडौँ ठगी गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पोखरा घर भई काठमाडौंको चाबहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन्।सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सार्वजनिक गरेको हो।  
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने 
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने  जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ।     राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे सोमबार आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव ४ प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको...
वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती
वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन्। 
अनलाइन सट्टेबाजीमार्फत २ अर्ब १ करोड कारोबार गर्ने २४ वर्षीय युवक पक्राउ 
अनलाइन सट्टेबाजीमार्फत २ अर्ब १ करोड कारोबार गर्ने २४ वर्षीय युवक पक्राउ  अनलाइन सट्टेबाजी ‘वानएक्स बेट’ मार्फत् २ अर्ब भन्दा बढी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले अनलाइन सट्टेबाजीमा संलग्न काभ्रे मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो।   
Weather Update