नेपाली युवकको मलेसियामा मृत्यु

बैतडी— बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ।
मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा नायक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष शरद नेगीले बताए।
नायकको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ २०:०६













