युवा संघको राष्ट्रिय महाधिवेशन ओलीले उद्घाटन गर्नेसोमबार, चैत २७, २०७९

बागमती प्रदेश सरकार विस्तार, कांग्रेसका लामा बने खानेपानीमन्त्री आइतबार, चैत २६, २०७९ नेपाली कांग्रेस तीर्थ लामा बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बागमती सरकारबाट एमाले बाहिरिएपछि कांग्रेस भित्रिएको हो ।

रास्वपा सांसद श्रेष्ठबारे छानबिन गर्न रवि लामिछानेले अख्तियारमा निवेदन दिने आइतबार, चैत २६, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा. ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयंले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् ।

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले आइतबार, चैत २६, २०७९ ‘देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्ष्यमा माननीय मुख्यमन्त्रीज्यूको सहजताका लागि’ राजीनामा दिएको एमाले मन्त्रीहरू भनाइ छ ।

मन्त्री बन्न पैसा मागेका श्रेष्ठलाई रास्वपाले साेध्याे २४ घण्टे स्पष्टीकरण आइतबार, चैत २६, २०७९ रास्वपाको समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका श्रेष्ठको सञ्चार माध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको भन्दै स्पष्टीकरण सोधेको हो ।
![मन्त्री बन्न दुर्गा प्रसाईंसँग घुस मागेका रास्वपा सांसद श्रेष्ठ निलम्बित [अडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/dhakakumar Shrestha 11681032037.jpg)
मन्त्री बन्न दुर्गा प्रसाईंसँग घुस मागेका रास्वपा सांसद श्रेष्ठ निलम्बित [अडिओसहित] आइतबार, चैत २६, २०७९

राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेल नियुक्त आइतबार, चैत २६, २०७९ खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् । राष्ट्रपति कार्यालयका अनुसार उनलाई आइतबार प्रेस सल्लाहकारमा नियक्त गरिएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई पूर्वगृहमन्त्री खाणको आग्रह आइतबार, चैत २६, २०७९ संविधानअनुसार संघीय संसदको दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ ।

रविलाई कांग्रेस तनहुँ उम्मेदवार भट्टराईको कटाक्ष– आफ्नैबारे जानकारी नहुनेले देश चलाउ सक्दैन शनिबार, चैत २५, २०७९ नेपाली कांग्रेसको तर्फबाट तनहुँ–१ बाट प्रतिनिधी सभा उम्मेदवार गोविन्द भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कटाक्ष गर्दै आफ्नैबारे जानकारी नहुने नेताले देश चलाउन नसक्ने बताएका छन् ।

प्रचण्ड र देउवासामु ओलीको अडान– टीआरसी विधेयकलाई पहिले संसदीय समितिमा लैजानुपर्छ शनिबार, चैत २५, २०७९ संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई द्रूतमार्ग (फास्टट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

तनहुँ–१ मा स्वर्णिमलाई भोट माग्दै रविले भने– दल फेर्नु पर्दैन, एकपटक मत फेर्नुस् शनिबार, चैत २५, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । तनहुँ–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.स्वर्णिम वाग्लेले राजनीतिक सङ्ल्याउने र अर्थतन्त्र उकास्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको बताए ।

प्रचण्ड सरकारले 'कमिटमेन्ट'को मात्रै वर्षा गरिरहेको छ : केपी ओली शनिबार, चैत २५, २०७९ मुलुक आर्थिक संकटमा धकेलिँदै गइरहेका बेला पनि प्रधानमन्त्री प्रचण्ड भने ढुक्क, आराम, आनन्द र प्रसन्न चित्तमा 'कमिटमेन्ट'को वर्षा मात्रै गर्ने गरेको ओलीले बताए ।

'लायन्स क्लब'ले प्रजातान्त्रिक भूमिका निर्वाह गरेको छ : सभामुख घिमिरे शनिबार, चैत २५, २०७९ लायन्सले रक्तदान, विद्यालयका स्टेशनरी, ब्याग तथा ड्रेस वितरण, वृद्धाश्रम तथा बालगृहमा काम गर्दै आइरहेको छ ।









