News Griha :: न्यूजगृह
बागमती प्रदेश सरकार विस्तार, कांग्रेसका लामा बने खानेपानीमन्त्री 

हेटौँडा— नेपाली कांग्रेस तीर्थ लामा बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बागमती सरकारबाट एमाले बाहिरिएपछि कांग्रेस भित्रिएको हो । 

आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा लामाले सो जिम्मेवारी पाएका हुन् । लामाले आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग सपथ लिएका छन् । 

२०७९ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित लामा २०७० सालको संविधान सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ मा बाट निर्वाचित भएका थिए । 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २०:०४
Weather Update