News Griha :: न्यूजगृह
राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेल नियुक्त

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् ।

खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् । राष्ट्रपति कार्यालयका अनुसार उनलाई आइतबार प्रेस सल्लाहकारमा नियक्त गरिएको हो ।

राष्ट्रपति पौडेलले प्रेस संयोजकमा खिला कार्कीलाई नियुक्त गरिसकेका छन् । यस्तै, राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी पौडेल, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:३२
Weather Update