News Griha :: न्यूजगृह
मन्त्री बन्न पैसा मागेका श्रेष्ठलाई रास्वपाले साेध्याे २४ घण्टे स्पष्टीकरण

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बन्न पैसा मागेकाे अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

रास्वपाको समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका श्रेष्ठको सञ्चार माध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको भन्दै स्पष्टीकरण सोधेको हो । 

‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ,’ रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै, केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।’

RSP Press Release on Shrestha Scandal1681039729.jpg

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १७:१०
Weather Update