News Griha :: न्यूजगृह
रविलाई कांग्रेस तनहुँ उम्मेदवार भट्टराईको कटाक्ष– आफ्नैबारे जानकारी नहुनेले देश चलाउ सक्दैन

तनहुँ— नेपाली कांग्रेसको तर्फबाट तनहुँ–१ बाट प्रतिनिधी सभा उम्मेदवार गोविन्द भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कटाक्ष गर्दै आफ्नैबारे जानकारी नहुने नेताले देश चलाउन नसक्ने बताएका छन् ।

भानु नगरपालिका–२ नारेश्वरटारमा शनिबार मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नागरिकता त्यागेपछि फेरि लिनुपर्छ भन्ने हेक्का नहुनेले देश चलाउने सामर्थ नराख्ने दाबी गरे ।

रास्वपाको तर्फबाट तनहुँ–१ कै उम्मेदवार डा.स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै भट्टराईले जिल्लाको विकासमा कुनै योगदान नदिएका, राजनीति केहो भन्ने थाहा नपाएका प्रतिस्पर्धी हुँदा आफ्नो जित सुनिश्चित रहेको बताए ।

नेकपा माओवादी केन्द्र भानुका इन्चार्ज सीताराम अधिकारीले गठबन्धनको भोटले गर्दा नै मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार भारी मतान्तरले विजयी भएकोले वैशाख १० मा पनि जित सुनिश्चित भएको दाबी गरे ।

सरकारको स्थायित्व र विकासको लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २१:३४
Weather Update